वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन ऐतिहासिक कदम चालेको छ । सोमबार वीरगञ्ज महानगरपालिका कार्यालय, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रा.लि. बिच करिब चार करोड रुपैयाँको लगानीमा सञ्चालन हुने फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट)…