काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएको छ । अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । ‘देशभरका नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति पूर्ण ऐक्यबद्धता…