पश्चिमी वायुको प्रभाव : अब दुई दिन वर्षा र हिमपात

काठमाडौं, १७ कात्तिक । देशको पश्चिमी भूभागमा अबका दुई दिन वर्षा र हिमपातको पूर्वानुमान छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार र बुधबार (कात्तिक १८ र १९) देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने पूर्वानुमान छ । त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ…