काठमाडौं, २० कात्तिक । पूर्वगृहमन्त्री रवि लामिछानेले आफू कारागारबाट बाहिर निस्कनासाथ सार्वजनिक भएको पत्रबारेमा आफूलाई केही थाहा नभएको बयान दिनुभएको छ । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा पुगेका उनले सबैतिर भीडभाड र हुलदंगा भएपनि कारागारकै सुरक्षाकर्मी र कर्मचारीले आफूलाई रास्वपाका कार्यकर्ताहरूको जिम्मा लगाएर पठाएको बयानका क्रममा बताउनुभएको छ । कारागारबाट बाहिर…