काठमाडौं, १० फागुन । रौतहटको सदरमुकाम गौर क्षेत्रमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि भोलि बिहान साढे ७ बजे सद्भाव र्याली निकाल्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गर्नुभएको सर्वदलीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो । प्रजिअ भुसालका अनुसार धार्मिक–सामाजिक–सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिन भोलि बिहान साढे…