काठमाडौं, २८ साउन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । महाशाखाका मौसमविद् बिनु महर्जनले पछिल्लो एक घण्टादेखि लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जानकारी दिनुभयो । अहिले उपत्यकासहित कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने मध्यम वर्षा…