एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन मातहतका अस्पताल र निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं, २९ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सबै सङ्घीय अस्पताल र स्वास्थ्य संस्थालाई एक हप्ताभित्र व्यावसायिक योजना पेस गर्न निर्देशन दिएको छ । मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्य अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले परिपत्र गरेको हो । मातहतका कार्यालयबाट प्राप्त…