चुनावी वातावरण बनाउन सरकारको सक्रियता : देउवा, ओली र प्रचण्डसँग सञ्चारमन्त्रीको भेटवार्ता

काठमाडौं, ११ पुस ।  सरकारले चुनावको वातावरण बनाउन सक्रियता बढाएको छ । राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेतासँग संवाद र छलफल गर्नुभएको छ । आज प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरि उहाँले सरकारबाट चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता…