काठमाडौं, १२ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्ने जोखिमपूर्ण १२ समूह सक्रिय रहेको प्रहरी र सुरक्षा स्रोतहरूले पुष्टि गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले ९ फागुनमा बुटवलमा चुनाव बहिष्कार गर्ने समूहमाथि गम्भीर आरोप लगाउँदै ती समूहलाई चन्दा संकलन र संगठनबिना बहिष्कारको अवसर उपयोग गर्ने प्रवृत्तिमा संलग्न भएको बताउनुभएको थियो। उहाँले सुरक्षा निकायलाई यस्तो समूहको निगरानी…