काठमाडौं, २९ पुस । नेकपा (एमाले) का सचिव महेश बस्नेतले मुलुकमा बढ्दो अराजकता र वर्तमान सरकारको असफलताविरुद्ध एमाले सशक्त रूपमा सडकमा उत्रने बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित एमाले बागमती प्रदेश र बागमती सम्पर्क कमिटीको संयुक्त भेलालाई सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले नयाँ दल र स्वतन्त्रहरूको नाममा देखिएको गतिविधिलाई अराजकता बताउँदै त्यसलाई…