दुबई, ९ माघ । इरानभर जारी विरोध प्रदर्शनमाथि भएको कडा दमनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार दुई पुगेको छ । अमेरिका(आधारित मानव अधिकार कार्यकर्ताका अनुसार देशको इतिहासकै सबैभन्दा व्यापक इन्टरनेट ब्ल्याकआउट दुई हप्ता नाघेपछि वास्तविक मृतक सङ्ख्या अझै बढी हुनसक्ने गम्भीर आशङ्का छ । जनवरी ८ देखि इरानी अधिकारीले इन्टरनेट पहुँच लगभग पूर्ण…