लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण आजको प्रमुख दायित्व: अध्यक्ष केपी शर्मा ओली

काठमाडौं, १५ जेठ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण आजको प्रमुख दायित्व भएको बताउनुभएको छ । सन्देशमा १८ वर्षअघि जननिर्वाचित संविधानसभाद्वारा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन स्मरण गर्दै नेपाली जनताले आफ्नै शासन प्रणाली निर्धारण गर्न सात दशकभन्दा लामो संघर्ष…