अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघात (स्ट्रोक) भएका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क उपलब्ध गराइने भएको छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। मस्तिष्कघातको लक्षण देखिएलगत्तै साढे चार घण्टाभित्र अस्पताल ल्याउन सके उपचारको सम्भावना उच्च हुने उनको भनाइ छ। हाल एक…