सत्तापक्षीय ३० सांसदद्वारा सुर्तीजन्य पदार्थमा भारी कर वृद्धि गर्न अर्थमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, १३ जेठ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सुर्तीजन्य तथा मदिराजन्य पदार्थमा विश्व स्वास्थ्य संगठन (WHO) को सिफारिसअनुसार कर दर वृद्धि गर्न माग गर्दै सत्तापक्षीय ३० जना सांसदले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनको नेतृत्वमा सांसदहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै सुर्तीजन्य पदार्थमा कर…