काठमाडौं, १९ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । बारले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, हलुका टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भनेको छ । प्रधानमन्त्रीको विवादित भनाइले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दाबीलाई गम्भीर रूपमा कमजोर बनाएको…