काठमाडौं, २५ पुस । चालू आर्थिक वर्षको पाँच महिनामै ८ खर्ब ७० अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा ३५ दशमलव…