गोदावरी, १३ असोज । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले सडकखण्डमा दुई पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनगढी-स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका–८ जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ स्थित सुकुटी खोलामा पक्की पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । ती दुई पक्की पुल निर्माणका लागि तीन…