काठमाडौं, १८ माघ ।– उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ४६ करोड रुपैयाँभन्दा धेरैको ‘क्लिङ्कर’ हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षसमेत रहेका पौडेलसहित ८ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले,…