देशका धेरै ठाउँमा साँझसम्म पानी पर्ने सम्भावना, भोलिदेखि मौसम सुधार हुने

काठमाडौं, १४ कात्तिक ।  देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर झरी परिरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपातसमेत भैरहेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव कायमै रहेकाले आज साँझसम्म धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज हिजोको तुलनामा केही ठूलो पानी पर्ने र भोलिदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश र वाग्मतीका थोरै स्थानमा तथा लुम्बिनीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।कोशी, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ ।पश्चिमी क्षेत्रमा मंगलवारदेखि वर्षा गराएको अरब सागरको प्रणाली हिजोदेखि कमजोर भएको छ । तर बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाको प्रभाव भने कायमै रहेको मौसमविदको भनाइ छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शुक्रबार  ०९ : २९  बजे