झरीमा लुछुप्पै काठमाडौँ उपत्यका

काठमाडौँ । भारतमा आएको चक्रवातका कारण नेपालको मौसममा परिवर्तन हुँदा बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यका झरीमा लुछुप्पै भिजेको छ । पानी परेसँगै काठमाडौँको तापक्रम पनि घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुनेछ ।

उक्त प्रणालीको प्रभावबाट मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, बिहिबार  १७ : ५४  बजे