काठमाडौं, १२ कात्तिक । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएको बताउनुभयो । आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उहाँले उल्लेख गर्नुभएको छ । ‘पारिवारिक कामले राजीनामा दिएको हुँ ।
अरु त्यस्तो कुनै कारण छैन,’ रानाभाटले भन्नुभयो । उहाँले आजै राजीनामा बुझाएको तर स्वीकृत हुन बाँकी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । उहाँले बुझाएको राजीनामा आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानुनी व्यवस्था छ । रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुट्नुभएको थियो ।








प्रतिक्रिया