नख्खु जेलबाट भागेका बलात्कार मुद्दाका कैदी सुकुम्वासी बस्तीबाट पक्राउ

काठमाडौँ । ललितपुरको नख्खु कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको टेकुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१० घर भएर काठमाडौँ बस्दै आएका ४३ वर्षीय चुक्ता बहादुर राउत छन् ।

प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्ण कुमार चन्द नेतृत्वको टोलीले उनलाई पछ्याएर सोमबार टेकुस्थित सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । उनी बलात्कार मुद्दामा जेल परेका थिए । राउतलाई कारागार कार्यालय नख्खुमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार  १३ : २०  बजे