काठमाडौँ : काठमाडौँको सिनामंगलबाट प्रहरीले लागुऔषध पोलन र एम्पुल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–१ घर भएर सिनामंगल बस्ने कुमार परियार छन् ।
४० वर्षीय परियारको साथबाट १२ वटा पोलनको डल्ला, नुफ्रिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरोपीबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया