कैलाली ७ कात्तिक । कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सातबिघानजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीन जनाको मृत्यु गएको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीनजना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
उनका अनुसार, टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ का जुम्ल्याहा दिदीबहिनी निशा बजगाईं र मानुषी बजगाईं तथा जानकी गाउँपालिका–५, गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
निशा र मानुषी टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका–१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए । प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार, तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया