सोलुखुम्बु, ७ कातिक । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ। बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो।
माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खसेकोमाप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष सगुजित राइले जानकारी दिनुभयो । दुर्घटनामा ६ जना घाइते भएको वडा अध्यक्ष राईको भनाइ छ। खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको उहाँले जानकारी दिनुभयो। चालकसहित ६ जना घाइते भएका छन्।
रातिको घटना भएकाले पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया