काठमाडौँ । काठमाडौँको काँडाघारीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । कागेश्वरी मनोहरा–९ काँडाघारीमा रहेको कुमार फर्निचर हाउसमा मङ्गलबार विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचर उद्योग भएको आगलागीका कारण करिब ६ लाखको क्षति भएको अनुमान गरिएको छ । काठमाडौँ महानगर र मध्यपुर ठिमी नगरपालिकाको दमकलका साथै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया