काठमाडौं, ४ कात्तिक । इजरायल–हमास युद्धका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । विपिनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो ।
विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । राति अबेर घरमा शव ल्याइपुर्याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो । दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिनको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो ।








प्रतिक्रिया