काठमाडौं, ३ कातिक । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । तिहार, म्ह पूजा, नेपाल संवतको नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उहाँले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक संवाद र सुरक्षास्थिति सुधारको काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको सन्देशमा उल्लेख गर्नुभएको छ । ‘फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ’, उहाँले भन्नुभएको छ ।
12
Shares








प्रतिक्रिया