काठमाडौं, २ कातिक । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउने प्रयास भइरहेको वार्ताका क्रममा आन्दोलरत पक्षले देखाएको अपमानजनक व्यवहार र प्रयोग गरिएको असभ्य भाषाप्रति निजी अस्पताल र मेडिकल कलेजहरूले आपत्ति जनाएका छन्। Association of Medical & Dental College Nepal र Association of Private Hospitals in Nepal (APHIN) ले संयुक्त रूपमा आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका केही अधिकारीले अपनाएको अभद्र व्यवहारले सम्पूर्ण निजी स्वास्थ्य क्षेत्रको मर्यादामाथि आघात पुगेको बताएका हुन्।
विज्ञप्तिमा भनिएको छ, आज आन्दोलनरत नर्सहरूको तलब स्केल सम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयको आयोजनामा कार्यदलको औपचारिक बार्ता भईरहेको क्रममा आआफ्ना तर्फबाट विषयवस्तु राख्दै गर्दा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा “माफिया” लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको घटनाप्रति Association of Private Hospitals in Nepal (APHIN) तथा मेडिकल एन्ड डेन्टल कलेज एसोसियसन अफ नेपाल गम्भीर ध्यानाकर्षण गर्न चाहन्छ ।
निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध रहँदै आएका छौ । मुलकभर कार्यरत नसिङ पेशाकर्मि हरुको योगदानको उच्च सम्मा गर्दै निजहरुले ऊठाएका मागहरु प्रति पनि हामि सकारात्मक भएको ब्यबोरा सबैमा अबगत गराऊन चाहान्छौ । तर, यस्तो अपमानजनक व्यवहारले बार्ताको वातावरण बिगार्नुका साथै आपसी विश्वासमा आघात पुयाएको छ। त्यस कारण, हामि स्वास्थ्य संस्थाका प्रतिनिधिहरू त्यस अवस्थापछि बार्ताको कक्षबाट निस्किन बाध्य भएका हौ ।
हामि को स्पष्ट रूपमा उल्लेख गर्न चाहन्छौ भने यस्तो अवस्था सिर्जना हुनुमा राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापन जिम्मेवार छ। सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण यस्तो अप्रिय परिस्थिति उत्पन्न भएको हो। त्यसैले, यस घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ।
निजी अस्पतालहरू देशभरका बिरामीलाई निरन्तर सेवा दिइरहेका छन् र आगामी दिनमा पनि स्वास्थ्यकर्मी र सरकारसँग सहकार्यका माध्यमबाट न्यायोचित समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछौ। तर, भविष्यमा यस्तो अपमानजनक व्यवहार दोहोरिएमा हामि आफ्नो स्वाभिमान र सदस्य संस्थाहरूको प्रतिष्ठा रक्षा गर्न आवश्यक कदम चाल्न बाध्य हुनेछौ।
दुवै संघले सरकारले स्पष्ट नीति, जिम्मेवार व्यवहार र पारदर्शी संवाद कायम गर्नुपर्ने माग गर्दै यस्तो रवैयाबाट स्वास्थ्य क्षेत्रको वातावरण नै प्रभावित हुने चेतावनी दिएका छन्।
विज्ञप्तिमा थप भनिएको छ, “यदि भविष्यमा यस्ता अपमानजनक व्यवहार दोहोरिए भने हामी आफ्ना सदस्य संस्थाहरूको सम्मान र स्वाभिमानका लागि आवश्यक कदम चाल्न बाध्य हुनेछौं।”
संयुक्त विज्ञप्तिमा Association of Medical & Dental College Nepal का अध्यक्ष डा. ज्ञानेन्द्रमणि सिंह शक्ती, र Association of Private Hospitals in Nepal (APHIN) का वरिष्ठ उपाध्यक्ष हरिसमान रिजालले हस्ताक्षर गर्नुभएको छ ।








प्रतिक्रिया