काठमाडौं, १ कात्तिक । गायिका नीतु पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् ।
पौडेलले शनिबार दिउँसो अनामनगस्थित गायक बबुल गिरीको रेकर्डिङ स्टुडियो बाहिर आफ्नै शरीमा आगो लगाएकी हुन् ।
आगो लागिसकेको अवस्थामा प्रहरीले तत्काल उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पौडेलको अवस्था अहिले सामान्य रहेको बताइएको छ । पौडेलले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया