रौतहटको झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु

रौतहट, १ कात्तिक । रौतहटको झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–५ शिवनगरस्थित झाझ नदीमा नुहाउन गएका दुई बालकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार देवाही गोनाही नगरपालिका–३ का १० वर्षीय निरज साह र अर्का १० वर्षीय अर्जुन साहको मृत्यु भएको हो ।

नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पुर्‍याएका थिए । तर, चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८२, शनिबार  १७ : ०४  बजे