आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, ३० असोज ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार  ०७ : ३५  बजे