क्रोधकला शिरोमणि कुमालेको “शान्त स्वभावका” म्युजिक भिडियो बजारमा

काठमाडौं, २७ असोज । क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको म्युजिक भिडियो बजारमा आएको छ ।मूर्तिकार कुमालेको विगतदेखि वर्तमान जीवनीसम्म समेटिएका उक्त भिडियो बजारमा आएको हो ।गित सहित १२ मिनेटको “शान्त्त स्वभावका” म्युजिक भिडियोमा गायन तथा संगित नरेन्द्र प्यासी तथा लेखनकार्य प्रेम महर्जनका साथै सम्पादन र छायाँकन भने लुजा सिंहले गर्नुभएको छ । सो अवसरमा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले नेपाली कलाकारको सिपले विदेशी बजारमा चर्चा पाइसक्दा मुलुकवासीमा भने त्यसको महत्वबारे अनविज्ञ रहेका दुखेसो व्यक्त गर्नुभयो ।

यसैगरी उक्त भिडियोका सम्पादक लुजा सिंहले कलाकार कुमालेको सिप प्रोत्साहनका लागि सो भिडियोले अन्य कलाकारमा समेत सकारात्मक भाव प्रवाह गर्ने भनाइ ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता कामले कलाकार र कलाकारीतालाई ओझेलमा पर्न दिनेछैन ।”

त्यसैगरी सो अवसरमा क्रोधकला फाउण्डेशनका अध्यक्ष राकेश अवालेले क्रोधकला शिरोमणि कुमाले जस्ता व्यक्तित्व राष्ट्रका साथै अन्तराष्ट्रिय बजारमा परिचित रहँदै गर्दा भविष्यका पिडिलाई उनको योगदानबारे जानकारी प्राप्त गर्न म्युजिक भिडियो सहयोगी हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कलाकारहरु बजारबाट पलायमान हुँदै जाने अवस्था रोक्न उहाँहरुका कदरका काम हुँदै जानुपर्छ ।”
सो फाउण्डेशनको आयोजनमा सोमबार भएको कार्यक्रममा कुमालेको ९३ औं जन्म वर्षमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका वर्तमान कुलपति नारदमणि हार्तम्छाली, नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, फाउण्डेशनका अध्यक्ष अवाले लगायतका थुप्रै व्यक्तित्वको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार  २० : ४८  बजे