डोटीमा ईभी हायस दुर्घटना, एकजनाको मृत्यु, १९ घाइते

काठमाडौँ, २५ असोज । डोटीमा विद्युतीय गाडी (ईभी हायस) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्। अछामबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३९५६ नम्बरको हायस भीमदत्त राजमार्ग अर्न्तगत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेन भन्ने स्थानमा दुर्घटनामा परेको हो।

अछामको मंगलसैन नगरपालिका–९ कि २२ वर्षीया हरिना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये ६ जनालाई गम्भीर चोट लागेको छ। उनीहरूमध्ये केही बालबालिका समेत छन्। उनीहरू सबैलाई उपचारका लागि कैलालीको अत्तरिया लगिएको छ।

 

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार  ०९ : २२  बजे