जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ

काठमाडौँ, २३ असोज ।  जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, बिहीबार काठमाडौंको सुकेधाराबाट उनलाई पक्राउ गरिएको हो । उनीमाथि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्न उक्साएको आरोप छ । उनी राप्रपाका युवा नेतासमेत हुन् ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  २० : १८  बजे