कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्न लागेको हो । बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ ।

बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणामाथि आक्रमण गरिएको थियो ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  ०९ : १४  बजे