काठमाडौं, २१ असोज । प्रहरीले नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अदालतसँग माग गरेको छ । काठमाडौं जिल्ला अदालत पुगेर प्रहरीले बस्नेतविरुद्ध पक्राउ पुर्जी मागेको हो । बस्नेतविरुद्ध साइबर अपराध सम्बन्धमा जाहेरी परेपछि प्रहरी पक्राउ पुर्जी माग्दै अदालत गएको थियो । तर, अदालतले तत्काल पक्राउ पुर्जी दिएको छैन । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार अदालतले थप प्रमाण पेस गर्न आदेश गरेको छ । अब प्रहरीले बस्नेतलाई पक्राउको अनुमति लिनका लागि थप प्रमाण लिएर आउनुपर्ने अदालत स्रोत बताउँछ ।स्रोतका अनुसार विद्युतीय कारोबार कसुर ऐन अन्तर्गत प्रहरीले पक्राउ अनुमति मागेकोमा अदालतले थप प्रमाण पेस गर्न भनेको हो । यता बस्नेतले भन्नुभएको छ– आफूविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी गर्दै उनले लेखेका छन्, ‘अदालतप्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछु ।’ वर्तमान सरकारले आफूले राष्ट्रियता र जनहितको बारेमा बोलेका बोली बन्द गर्न चाहेको बस्नेतको आरोप छ ।
15
Shares








प्रतिक्रिया