काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशत्रय मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो।
सर्वोच्चको उक्त आदेशसँगै सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले अब महाधिवेशनसम्बन्धी गतिविधि अघि बढाउन सक्ने भएको छ।
कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तयारी गरेको छ।
यसअघि सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलाले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता दिएको थियो। त्यसविरुद्ध देउवा र खड्का पक्ष अदालत पुगेका थिए।
पछिल्लो आदेशसँगै तत्कालका लागि कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्नुपर्ने देउवा पक्षको माग कार्यान्वयन नहुने भएको छ।












प्रतिक्रिया