रसुवामा बाढीले प्रहरीका तीन कार्यालयमा क्षति, विस्तृत विवरण आउन बाँकी

काठमाडौँ, १० भदौ । तिब्बततर्फबाट आएको बाढीले रसुवामा नेपाल प्रहरीका तीनवटा कार्यालयमा क्षति पुर्‍याएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा बाढीले ठूलो क्षति पुर्‍याएको हो ।

बाढीका कारण ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको अवस्थाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि रसुवागढी क्षेत्रमा आएको बाढीले प्रहरी कार्यालयसहित विभिन्न सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्‍याएको थियो ।

प्रहरी प्रधान कार्यालयले क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १० भदौ २०८३, बुधबार  १० : ३८  बजे