बागमती प्रदेशमा ६ मन्त्रीले लिए सपथ

हेटौंडा, ४ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीमा बिहीबार सपथ लिनुभएका थापा मगरले ६ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

नेकपाबाट सरल सहयात्री पौडेल, नेकपा एमालेबाट भरत केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु विष्ट मन्त्री नियुक्त हुनुभएको छ । पौडेललाई आर्थिक मामिला तथा योजना, केसीलाई भौतिक तथा पूर्वाधार र विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा रोजगारमन्त्री, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकासमन्त्री र ज्ञानबहादुर तामाङलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: ४ भदौ २०८३, बिहिबार  १९ : १८  बजे