काठमाडौं, २ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारसँग हारगुहार माग्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद दर्शनाले स्वास्थ्य बिमा र लुटिएको सुनका क्षतिपुर्ति नदिएको भन्दै सरकारसँग हारगुहार माग्नुभएको हो ।
आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न लागेको बिषयमा पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।
‘स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर हो सञ्चालनमा ल्याइदिनुपर्यो’, न्यौपानेको भनाइ छ, ‘स्वाथ्य बिमा नहुदाँ लाखौं मानिस पीडित छन, सरकारले सुनिदिनु पर्यो,’ उहाँले भन्नुभयो,‘थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न हुँदैन भनेर स्थानीयले विरोध गरिरहेका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि संवेदनशील बन्न आवश्यक छ ।’
सांसद दर्शनाले राष्ट्र बैकमा सुन राखेर ऋण लिएकाहरूले गत भदौ २३÷२४ को घटनामा सुन लुटिएको बिषय पनि संसदमा उठाउनुभएको छ । उहाँका अनुसार जस जसको सुन लुटिएको छ, उनीहरूले क्षतिपुर्ति पाउनु पर्ने भन्दै माग गर्नुभएको छ ।







प्रतिक्रिया