उपसभामुख रुबी ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी

काठमाडौं, १ भदौ । उपसभामुख रुबी ठाकुरले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको छ ।

उहाँले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दिनुभएको हो । यद्यपि जाहेरी भने हालसम्म दर्ता नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्राप्त जाहेरी अध्ययनको क्रममा रहेको छ । अध्ययनपछि जाहेरी दर्ता गर्ने वा नगर्नेबारे निर्णय हुने जनाइएको छ ।

यसैबीच, पत्रकार श्रेष्ठलाई आजै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रकाशित मिति: १ भदौ २०८३, सोमबार  २१ : २७  बजे