काठमाडौं, ८ भदौ । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।
सोमबार साँझ करिब ५ः४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जीप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइते १० जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। जीपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया