काठमाडौं, ३० चैत्र । अबको केही दिन देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविदले बताएका छन् । तर प्रिमनसुनको बेला भएकाले दिउँसो र बेलुकीपख केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना भने रहेको मौसमविदहरुको भनाइ छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
24
Shares







प्रतिक्रिया