गोलबजारमा गोली चल्नुको कारण के ?

सिरहामा प्रदर्शन उग्र बन्दै : १९ वर्षीय युवकको शव उठाउन प्रदर्शनकारीको इन्कार, सडकमै राखेर प्रदर्शन जारी

गोलबजारमा चल्यो गोली, सेना परिचालन गर्दा पनि साम्य भएन तनाव

सिरहा, १४ साउन । सिरहाको गोलबजारमा आज दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोलबजारमा दुई समूहबीच भएको झडपपछिको प्रदर्शनमा गोली लागेर औरही गाउँपालिका–२ का १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो । घटनामा गोली लागेर अर्का एक जना घाइते भएका छन् भने उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।

मृतकका आफन्त तथा प्रदर्शनकारीले शव उठाउन दिएका छैनन् र शवलाई सडकमै राखेर प्रदर्शन जारी राखेका छन् । यता, प्रहरीले भने आफूहरूले गोली नचलाएको दाबी गर्दै स्थिति नियन्त्रणमा लिन हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १८ : ३७  बजे