फ्नोम पेन्ह, ३० कात्तिक । क्याम्बोडियामा २२ वर्षीय एक युवक ‘एच५एन१’ फ्लुबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘एच५एन१’ भनेको बर्ड फ्लूको एक प्रकारको इन्फ्लुएन्जा भाइरस हो । यसले उच्च मृत्युदर देखाउने हुँदा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छ । एच५एन१ बाट सङ्क्रमित मानिसमा सामान्यतया ज्वरो, खोकी, घाँटी दुखाइ र श्वासप्रश्वासमा समस्या देखापर्न सक्छ । यो…