इन्डोनेसियाको मस्जिदमा विस्फोट : ५० भन्दा बढी घाइते, शंकाको घेरमा १७ वर्षीय विद्यार्थी

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्तास्थित एक विद्यालय परिसरमा रहेको मस्जिदमा शुक्रबारको नमाजका क्रममा भएको विस्फोटमा ५० भन्दा बढी मानिस घाइते भएका छन्। अधिकारीहरूले घटनामा संलग्न भएको आरोपमा १७ वर्षीय विद्यार्थीलाई शंकास्पद आक्रमणकारीको रूपमा पहिचान गरेका छन् । स्थानीय समयअनुसार करिब १२ : १५ बजे केलपा गाडिङ जिल्लाको एक विद्यालय परिसरभित्र यो घटना भएको थियो ।…