रुसी विमान दुर्घटना, ४९ जनाको मृत्युको आशङ्का

ब्लागोभेश्चेन्स्क, ८ साउन । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४ (सोभियत–इरा एन–२४) यात्रुबाहक विमान अवतरणको क्रममा नै आगो लागेर जलेको पुष्टि भएको छ। विमानमा सवार ४९ जनामध्ये सबैको ज्यान गएको आशंका गरिएको छ । टिन्डा विमानस्थलका निर्देशकका अनुसार, विमान जमिनमा ठोक्किएसँगै आगलागी भएको थियो । घटनापछि क्षेत्रको हवाई निगरानीका लागि…