अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार

काठमाडौं, १२ भदौ ।  अमेरिकाको मिनियापोलिसमा एक क्याथोलिक चर्च र विद्यालयमा भएको अन्धाधुन्द गोली प्रहारमा दुई बालबालिकाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार मारिनेमध्ये एक आठ वर्षको र अर्को १० वर्षको बालक छन् । घाइतेमध्ये १४ जना बालबालिका रहेका र उनीहरू सबैको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ ।…