क्रिकेटर सोमपाल एक लाखसहित सम्मानित

बुटवल, १८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मान गरिएको छ । रोट्रयाक क्लब अफ तिनाउ सिटी बुटवलले दशौँ पदस्थापन कार्यक्रमको अवसरमा शनिबार साँझ सोमपाललाई एक लाख रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । सम्मानपछि क्रिकेट खेलाडी सोमपालले यस प्रकारको सम्मानले खेलाडीलाई अझ मिहिनेत गर्न प्रेरित गर्ने बताउनुभयो…